मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशकाे प्रथम अधिवेशनकाे तयारी थालेको छ । एमालेकाे आगामी असाेजमा काठमाडाैंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनकाे लागि तयारी थालिएको हो ।
आगामी असाेज ८ र ९ गते काठमाण्डाैँमा हुने प्रथम बाग्मती प्रदेश अधिवेशनकाे लागि मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाकाे व्यवस्था भएकाे र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । पालिकाकाे १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रकाे प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनाैट केन्द्र रहने छ । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनाैट हुनेसमेत सचिव सिग्देलले बताए ।
यसैबीच पार्टीलाई बलियाे बनाउनकाे लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्ने नेकपा एमाले केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले बताएका छन् । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै ज्ञवालीले विभिन्न पार्टीबाट प्रवेश गर्नेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियाे बनाउनु पर्ने बताए । पार्टी कामकाे जिम्मेवारी सहमति र समझदारीका साथ लिनकाे लागि उनले निर्देशन समेत दिए । ‘जनविराेधी शक्तिहरूकाे घेराबन्दीकाे बीचमा राष्ट्र र जनताकाे पक्षमा दृढतापूर्वक उभिएकाे एउटा मात्र पार्टी एमाले हाे’ उनले भने ‘एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेकाे र पार्टीलाई पहिलाे बनाउने सारथी बन्नु पर्छ ।’
पार्टी मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्याैपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्याैपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।