मकवानपुर । बागमती प्रदेश सभा बैठक भोली पनि नबस्ने भएको छ । २ महिनापछि हिजोको लागि बोलाइएको बैठक हिजो दिनभर दलको नेताहरुबीच सहमती हुन नसकेपछि भोली बुधबारको लागि तय भएको थियो । तर भोली पनि बैठक नबस्ने भएको छ ।
दलहरुबीचको सहमती अनुसार अब भदौं २४ गते अपराह्न साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।
सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमती हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो । बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो । चालु आर्थिक वर्षको लागि छुट्याइएको बजेटमा प्रतिपक्षीदलसँग भएको सहमती कार्यन्वयनमा नआएको कारण बैठक बस्न समस्या भएको पाइएको छ ।