मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको मकवानपुर, धादिङ र चितवन गरी तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको बागमती सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एबम प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा सोमबार बसेको बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । सकारका प्रवक्ता श्रेष्ठका अनुसार बैठकले काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ निवासी कृष्ण कुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि समेत २०८० स्वीकृत गरको छ । साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्न्तियारी प्रदान गर्ने निर्णय समेत बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए ।