१.
नजरसँग नजर मिल्दैनन् नजर झुकाइ रहे
मनसँग मन मिल्दैनन् मनमा माया लुकाइ रहे
फगत दौड जिन्दगीको,चुपचाप एक्लै हिड्दा
व्यथासँग व्यथा मिल्दैनन् व्यथा बल्झाइ रहे ।
२.
तिम्रो रहरमा म अटाउने भए
दिउँसै जून तारा आउने भए
शुभपलमा केही त माग्थे कि
भ्रम र यथार्थ नछुट्याउने भए
३.
जिन्दगीको घनत्व कति
आफ्नाको अपनत्व कति
सिकाइदियो सबै समयले
मर्नु र बाँच्नुको महत्व कति
४.
कृपा सबैलाइ इश्वरको घरमा
सब सकुशल विश्वासको भरमा
छाडेर जाने एकदिन यो चोला
तेरो मेरो किन मान्छेको रहरमा ।
लेखनाथ, पोखरा