मकवानपुर । मकवानपुर जिल्लामा ३ सय ५१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जनामा डेंगू संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ३ सय ५१ पुगेको हो । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १८, मकवानपुरगढी गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका २ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । हेटौंडामा हालसम्म २ सय ४१ जनामा डेंगु पुष्टि भएको छ ।यसैगरी, थाहानगरपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, बागमती गाउँपालिकाका १६ जना, मनहरी गाउँपालिकाका २३ जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका ७ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा हालसम्म डेंगु सक्रमणको पुष्टि भएको छैन भने जिल्लामा डेंगु संक्रमण भएका १ जनाको मृत्यु भएको छ ।