१
ढुङ्गा र माटाे
जीवनकाे साहरा
गुन्द्रुक आटाे।
२
भिरमा घर
गाई चराउदै उ
के थियाे थर।
३
गरेर कर्म
पसिना चुहाउँदै
मानव धर्म।
४
उकालाे भिर
कुना र कन्दरामा
मनमा पिर।
५
गाँउकाे बाटाे
सुनाैलाे यात्रा भरी
धर्ती र माटाे।
६
पहाडी खाेच
जिन्दगी जिउदैछु
नवीन साेच।
७
छाउदै छाप्राे
एकलासमा घर
बाेकेर गाग्राे।
८
भाे उपहार
निर्जिव बिडम्वना
मायाँ नमार।
९
सुन्दर देश
पुर्खाकाे धराेहर
फिजिनु केश।
१०
राेप्दै छु आलु
बाँझाे वारि भित्र नै
ए मेरी कालू।
११
माटाेकाे गर्भ
सरद ऋतुहरु
बाेलाइ पर्व।
१२
पश्चिमी हुम्ला
अजङ्गकाे पहाड
पुगेर जुम्ला।
१३
कथा मिसियाे
एकलासमा घर
पिठाे पिसियाे।
१४
नदि बालुवा
घुम्तिकाे बाटाे भरी
खियाे तलुवा।
दोलखा हाल भक्तपुर