मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा ५ धादिङमा आयोजित स्वस्थ्य शिविरमा १ हजार ५० जनाले स्वास्थ्य जाँच गराएका छन् ।
स्थानीय नवजागृत क्लबको आयोजना, मकवानपुरगढी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो । शिविरको लागि तमु फार्सेसी र निको अस्पतालले सहयोग गरेको थियो । शिविरमा न्यूरो सर्जन डाक्टर विक्रमादित्य साह, सर्जरी डाक्टर अमर दीप मण्डल, छाला रोग डक्टर प्रमोद चौरसिया, हाड जोर्नी तथा नशा डक्टर अमन कृष्ण रञ्जित, फिजिसियन डाक्ठर नरेन्द्र केसीले स्वास्थ्य जाँच गरेका थिए ।
शिविर स्वास्थ्य जाँच गराएका बिरामीहरुलाई एक लाख पचास हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको तमु फार्मेसीका सञ्चालक सुधीर दाहालले बताए ।
स्वास्थ्य जाँच गर्न आएकाहरुलाई ईसीजी ल्याब समेत निःशुल्क गरिएको थियो । निको अस्पतालको शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।