१.
छली देखेर माथा गरम हुन्छ मेराे
तिमीले आफैंले विचार पुर्याउनू अरू कुराहरू
बाेली कडा व्यवहार नरम हुन्छ मेराे।
२.
डराउँदिन कहिले पनि
मनमै बास बस्न पाए सुन!
हराउँदिन कहिले पनि ।
३.
यस्तै बाेल्न पाएपछि
खे के के हुन्छ मलाई यस्ताे
तिमी नजिक आएपछि
४.
अल्मलमा परेँ म त
कति हल्का भा हो यो मन
झरना झै झरेँ म त ।
५.
तिमी पर्याै लाखमा
छाँगाबाट जहिले झरेपनि
झर मेरै काखमा ।
सुर्योदय इलाम