मकवानपुर । मकवानपुरको हेटौंडामा मानव कंकाल फेला परेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका १४ ड्राइभरडाँडा चुरियामाई जाने बाटोतर्फको झाडिमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रहरीको टोली रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्कीले बताए ।