मकवानपुर । गीतकार राधिका अधिकारीको ‘माइती देशको घाउ’ गीत सार्वजनिक भएकाे छ । पत्रकार तथा साहित्यकार अधिकारीकाे उक्त गीत तथा भिडियाे काव्य आचार्य युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे ।
काव्य आचार्य र मिना नेपालीको स्वर रहेकाे गीतमा दीपक शर्माले संगीत दिएका छन् भने राजेन्द्र बजागाईंको संगीत संयोजन रहेको छ। करिब ८ बर्षकाे अन्तररालमा गीत लेखनमा आएकी अधिकारी सार्वजनिक भएकाे गीत मार्फत देश छोडेर हिडेका आफन्तका कथा भन्ने प्रयास गरेकाे बताउँछिन् । गीतकाे भिडियोमा गायिकाद्वय काव्य र मिनाको साथमा राधिकाकाे समेत अभिनय रहेकेा छ ।
२०७१ सालमा अञ्जु पन्तको स्वरमा ‘जिन्दगीले आँफैलाई छलदा खेरी रोएँ धेरै’ गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा शुरु गरेकी हुन् राधिकाले । यसैगरी उनले २०७२ सालमा किनारा गीत गजलकाे एकल एल्बम बजारमा ल्याएकी थिइन्। उनका केही फुटकर गीत पनि बजारमा आएका छन्। गीत लेखनमा केही वर्ष निष्कृय रहेकाे स्वीकार्दै राधिकाले भनिन् ‘निरन्तरताले गीत संगीत सहितकाे यात्रा जारी रहने छ ।’
साहित्यसँगै सचार कर्मलाई मकवानपुरबाट अगाडी बढाएकी राधिका पछिल्लाे समय संघीय राजधानी बसेर कलम चलाउँदै आएकी छिन् ।