मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगद चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट नगद तिस हजार, सुनको सिक्री डेढ तोलाको १ थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्र २ आनाको १ जोडी र घडी १ थान समेत गरी जम्मा मल्य पाच लाख बत्तिस हजार बराबरको सुनको गरगहना, घडी समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त आरोपमा वर्ष २८ को भिमलाल लामा, २८ बर्षीय प्रदिप तामाङ, २९ बर्षीय आकाश तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ निवासी हुन् । चोरी भएको सुनका गहनाहरु खरिद गर्ने सोही स्थानीय तहको वडा नं. ६ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रितु सुन पसल संचालन गरी गरि बस्ने ३१ बर्षीय राजेन्द्र रसाईलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले माथि अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।