मकवानपुर । मकवानपुर जिल्ला भिमफेदी गाउंपालिका ८ माण्डु स्थित बागमती खोलाको पानीबाट सन्चालन गरिएको माण्डु हाईड्रोपावरमा विहिबार फेरि अर्को शव फेला परेको छ ।
हाइड्रोपावरको पानि जम्मा गरी फोहोर छुट्याउने ईन्टेक बकेटमा महिलाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
महिलाको हाल पहिचान नखुलेको र मगोंलियन अनुहार जस्तो देखिने अन्दाजी बर्ष ३५/४० जस्तो देखिने मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
मकवानपुर हेटौंडाबाट ३० कि.मि.पुर्व पर्ने यहि हाइड्रोपावरमा २ भदौमा पनि महिलाको शव भेटिएको थियो । १ भदौमा भेटिएको अन्दाजी २५/३० बर्षीय महिलाको पहि अझै पहिचान नखुलेको प्रहरी जनाएको छ ।
यसै यहि हाइड्रोपावरमा गत साउनमा भेटिएको पुरुष शवको पनि हालसम्म पहिचान खुलेको छैन ।