मकवानपुर । मकवानपुरकाे साविक हर्नामाडी ६ स्थित ठुलाेदमारमा रहेकाे प्रहरी चौकी बुधबार उद्घाटन गरिएकाे छ । हाल हेटौंडा उपमहानगरपालिका–१८ रहेको प्रहरी चौकी ठुलोदमारको नव निर्मित भवनको उदघाटन बुधबार गरिएकाे हाे ।
नव निर्मित प्रहरी चौकी भवनकाे को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् । नव निर्मित प्रहरी चौकीकाे भवन बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
उदघाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौडाकी नगर प्रमुख मिना कुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल,हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ लगायतकाको उपस्थिती थियो ।