मकवानपुर । मकवानपुरको कैलाशमा खाेलाले बगाउँदा बालिकाकाे मृत्यु भएकाे छ । कैलाश गाउँपालिका १० मा मनहरी खाेलाले बगाउँदा ४ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार कैलाश १०, भालटारमा मनहरी खोलाले बगाउँदा ४ वर्षीया प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथीहरुसँग खेल्न गएकी प्रमिसालाई खोलाले बगाएर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षक मान बहादुर तामाङसहितकाे टोलीले घटनास्थललाई सुरक्षित राखेकाे तथा आवश्यक अनुसन्धान अनुसन्धान र कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितकाे टोली गएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।