मकवानपुर । गजल मञ्च मकवानपुरले २ सय ५ ओैँ गजल यात्रा गरेकाे छ । गजल यात्रामा २ दर्जन गजलकारकाे गजल सुनिएका थिए । साहित्यमा श्रृगारिक विधामा लेखिने गजलमा पछिल्लाे समय राजनीतिक, व्यङ्ग्य, विकृति, विसंगतिमा समेत लेखिने गरिएकाे छ । २ सय ५ औं गजल यात्रमा गजलकाहरुले माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए ।
गजल यात्रामा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्वअध्यक्ष दीपक गाैतम, वातावरणविद् श्रवण शर्मा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्याैपानेलगायतले भनाईका साथै गजल सुनाएका थिए । यस्तै कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषाेत्तम आचार्य, गजलकारहरु विष्णु गाैतम, सानू खनाल, ऋषि केबि, विशाल अधिकारी ‘आशुताेष’, रजनी पाैडेल, सुवास सजल, सुनिल गाैतम, अनिल काेइराला, प्रेरक गाैतमलगायतले गजल वाचन गरेका थिए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणकाे अध्यक्षता तथा साहित्यकार/ महाकाव्यकार डा. नवराज लम्सालकाे प्रमुख आतिथ्यतामा गजल यात्रा कार्यक्रम भएकाे हाे । गजल विधाकाे उन्नयन र प्रवर्द्धनमा काम गर्दै आएकाे गजल मञ्च मकवानपुरले हरेक महिनाकाे पहिलाे शनिबार नियमित गजल यात्राकाे आयाेजना गर्दै आएकाे छ ।