मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिकास्थित बागमती नदी किनारमा बेवारिसे शव फेला परेकाे छ । भिमफेदी गाउँपालिका वडा नं. ८ बागमती नदी किनारमा १ जना महिलाको बेवारिसे शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार साँझ बागमती नदी किनारमा अन्दाजी २५/३० बर्षीय महिलाको शव फेला परेको हो । नामथर वतन नखुलेको ती महिलाको बागमती नदिको किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको स्थलको मुचुल्का पश्चात शव हेटौंडा अस्पताल ल्याईएको छ भने शवको सनाखत तथा पहिचानको प्रयास भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।