मकवानपुर । प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको सिमाना मानव वस्तीबाट पर सार्नुपर्ने बताएका छन् । मकवानपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित बर्तौलाले बफरजोङको परिभाषाको दायरा फराकिलो बनाउँदै मध्यवर्ती क्षेत्रको सिमाना मानव वस्तीबाट पर सार्नुपर्ने बताएका हुन् ।
नेकपा (एमाले)का सचेतक समेत रहेका बर्तौलाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक सिन्धु ढुंगानासँग शुक्रबार संरक्षण क्षेत्र, निकुञ्जको कोर एरिया तथा बफरजोङका विषयमा छलफल गरेका छन् । महानिर्देशक ढुंगानासँगकाे भेटमा भने ‘निकुञ्जको कोर एरियामा सकेसम्म कंक्रिटवाल त्यो सम्भव नभए कम्तीमा अपसेट तारवार गर्नुपर्ने पर्छ ।’ ‘कंक्रिटवाल वा अपसेट तारबारले जनता र जनावर बिचमा हुने द्वन्द कम हुन्छ’ बर्ताैलाले ढुगानसँग मकवानपुरको हाडीखोला क्षेत्रकाे कुरा राख्दै भने बर्षेनी जंगली जनावरको आक्रमणमा परि जीउधनकाे क्षती हुन्छ । जंगली जनावरकाे कारण मानिसकाे मृत्यु भएका मृतकको परिवारले क्षतिपुर्ति वापत पाउने रकम १० लाख रुपिँयाबाट बढाएर २५ लाख पुर्याउनु पर्छ ।
उनले मनहरी लगायतको क्षेत्रमा भूमि आयोगले वितरण गर्न लागेको जग्गाको निस्सा वितरणमा निकुञ्जले समस्या खडा गर्दा कुनै पनि वेला वन र स्थानीय विचमा समेत झडप हुन सक्ने उल्लेख गर्दै भूमिहिन, दलित, सुकुम्वासीलाई जग्गा प्राप्त गर्नमा सहजिकरण गर्न समेत ढुंगानासँग अनुरोध गरेका छन् । छलफलकै क्रममा मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेतीले आफू अध्यक्ष हुँदा राप्ती संरक्षणबाट प्राप्त र प्रतापपुर क्षेत्रको वस्ती स्थानान्तरणबाट करिव ९ सय विघाह जग्गा उकासिएकोमा खोलाले ४ सय विघाह बगर बनाउन लागेकाेले उक्त जग्गाको संरक्षण समेत गर्नु पर्ने बताए ।
सांसद बर्तौला सहितकाे टाेलीसँगकाे महानिर्देशक ढुंगानाले छलफलमा उठेका विषयकाे समाधान गर्न आफू सकारात्मक रहेको बताए । सांसद बर्तौलाले पनि विभाग सकारात्मक भए हाडिखाेला क्षेत्रमा जनतालाई पर्यटन विकासका माध्ययमबाट रोजगारी सृजना गरी युवाहरुलाई स्थानीय स्तरमा नै टिकाउन सहयाेग पुग्ने धारणा व्यक्त गरे ।