मकवानपुर । विभिन्न माग सहित आन्दोलरत शिक्षकहरुले बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
लामो समयदेखि आन्दोलनरत उनीहरुले शिक्षा सम्बन्धी कानून संशोधन गर्न माग गर्दै मन्त्री मुक्तानलाई ध्यानाकर्षणपत्र बुझाइएका हुन् । सामूदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघका सचिब महमद समीम सहितको टोलीले मन्त्री मुक्तानलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

मन्त्रीपरिषदमा विचारधीन रहेको शिक्षा सम्बन्धी क़ानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरुसंग छलफल र परामर्श बिना नै तयार गरेको ,विधेयक मस्यौदामां विद्यालय ब्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेकोले सच्याउका लागि माग गरिएको हो ।
बिद्यालय संचालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता संलंग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझीएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघ को गम्भिर ध्यानआकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो ।
वडा अध्यक्षलाई बिधालय व्यवस्थापन समितको नेतृत्व दीने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक बिद्यालयको मर्म माथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा सामुदायकों सहभागिताको अधिकार हस्तक्षेप भएको,सामुदायिक बिद्यालय अभिभावक,सामुदायको हातबाट खोसीएकों र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा बिरोध जनाएका हुन् ।
उनीहरु यसका विरुद्धमा सरोकारवाला निकायमा धर्ना तथा ध्याकर्षण कार्यलाई जारी राखेका छन् । मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयलगायतमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएका छ ।

शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत धर्ना दिएको हो । शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले सरकारले शिक्षकहरुलाई सडकमा आउन बाध्य पारेको बताए । मागलाई सुनुवाई नगरे शिक्षकहरुको सिंहदरबारं घेर्न बाध्य हुने चेतावनी दाहालले दिए ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले विभिन्न वैचारीक आस्थाभन्दा माथि उठेर शिक्षाको हितको लागि आन्दोलन गरिएको बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट,हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिनालगायतकाले अहिले आन्दोलन र सरकारको बलमिचाहिबारे आफूहरुको ध्यानाकर्षण भएको बताए ।