मकवानपुर । मकवानपुर जिल्लामा घाँसकाट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ईन्द्रसरोब गाउँपालिका ३ चित्रेघारीस्थित भीरबाट लडेर स्थानीय ५३ वर्षिय विनोदकुमार बम्जनको ज्यान गएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका बम्जन अचानक भीरबाट लडि घाईते भएका थिए । घाइते बम्जनको उपचारको काठमाडौ जिल्लाको फर्पिङ तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
जोखिमपूर्ण भिरालो जमिन भएको मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ, कैलाशलगायतको क्षेत्रमा घाँस दाउरा तथा सोतर संकलनको क्रममा भीरबाट लडेर बर्सेनी स्थानीयको ज्यान जाने गरेको छ ।