मकवानपुर । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ ।
सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको हो ।
बैठकले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १0७ गते गर्ने निर्णय गरेको छ भने मधेश प्रदेशमा असोज ५ र ६ गते गर्ने तयारी गरेको छ ।
त्यसैगरी बागमती प्रदेशमा असोज ८ र ९ गते, कर्णाली प्रदेशमा असोज १० र ११ गते र कोशी प्रदेशमा असोज १२ र १३ गते अधिवेशन हुने भएको एमालेले जनाएको छ ।
गण्डकी प्रदेशको अधिवेशन भने असोज १५ र १६ गते हुने जनाइएको छ । असोज १९ र २० गते उपत्यका विशेष र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन हुने भएको पार्टीले जनाएको छ ।