मकवानपुर । मकवानपुरमा १ सय १५ जना डेंगू संक्रमित भएका छन । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय१५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार गत साउन १ गतेदेखि आइतबारसम्ममा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । हेटौंडा उपमहानगरमा हालसम्म ७० जनामा डेंगू संक्रमण पुष्टि भएको छ यसैगरी, मकवानपुरगढी २ जना, मनहरी १ जना, बकैया १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म कुलेखानी गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका र थाहा नगरपालिका डेंगू संक्रमती नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।