मकवानपुर । त्रिभुवन राजपथको भैसे पालुङ सडकखण्ड अन्तरगत भीमफेदी ९ लामिडाँडामा आइतबार विहान गएको पहिरो हटाइएको छ ।
हेटौंडा काठमाडौ छोटो दुरीको मार्ग भने अबरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
अविरल वर्षासंगै पहिरो हटाइए पछि हेटौंडा पालुङ काडमाडौको यातायात सुचारु गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले हेटौंडा, पालुङ र काठमाडौँतर्फ चल्ने सबै प्रकारको यातायात सेवा सुचारु भएको छ ।
अविरल वर्षा सँगै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौरमा खसेको चट्टान सहितको पहिरो हटाइएको प्रहरीले जनाएको छ । तर यातायात सुचारु गराउने प्रयास भइ रहेको बताइएको छ ।
यस्तै भैँसे भिमफेदी सडक पहिरोको कारण अबरुद्ध भएको छ भने कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।