मकवानपुर । मुक्तक मञ्च मकवानपुरको बिषेश कार्यक्रममा मिथिला सानु सुनिएका छन् ।
हेटौंडामा शनिबार भएको मुक्तक मञ्चको ११औँ विशेष शृङ्खलामा मकवानपुरका मुक्तककारद्वय मिथिला अधिकारी र सानु खनालका १०/१० वटा मुक्तक सुनिएका हुन। अधिकारी साहित्यमा नव सर्जक हुन भने खनाल मकवानपुरे साहित्यमा परिचित छन् ।
स्थानीय मुक्तककारहरू हेमन्त ढुङ्गेल,ओमभक्त भण्डारी, समीर पाख्रिन, देवराज तिवारी, सुवास सजल, केशव समर्पण, चिरञ्जीवी लामिछाने, रजनी पौडेल, वैकुण्ठ लामिछाने, सुवास सजल, सागर तिमल्सिनाले मुक्तक वाचन गरेर विशेष शृङ्खलाला रौनकता थपेका थिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाको अध्यक्षता र अग्रज साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीय साहित्य सङ्घ संस्थाहरूका पदाधिकारीसहित साहित्यकारहरुको उपस्थिति थियो ।