मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुर शाखाले शनिबार प्रभातफेरी गरी स्थापना दिवस मनाएको छ ।
हेटौंडाको सिमाचोकबाट उद्योग वाणिज्य संघ मकवानपुरसम्म प्रभातफेरी गर्दै फोनिजको २४ औं स्थापना दिवस मनाएको हो । ‘पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार’ भन्दै हेटौंडामा स्थापना दिवस मनाएको हो ।
प्रभातफेरी पछिको कार्यक्रममा फोनिज मकवानपुर अध्यक्ष अशोक सुजन श्रेष्ठले देशभर आइरहेको आर्थिक मन्दीले पत्रकारहरुको जीविकोपाजर्नमा समस्यामा परिएको बताए ।
श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनमा नआउँदा सम्म पत्रकारका समस्या समाधान नहुने उनले बताए । श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले भूमिका खेल्ले श्रेष्ठले बताए ।