मकवानपुर । नेकपा एमालेका बागमती प्रदेश सभाका सदस्य भारती पाठकले वनमा कर लगाउने ऎन खारेज गर्नु पर्ने बताएकी छिन ।
शनिबार हेटौंडामा संचारकर्मी संगको भेटघाटमा पाठकले जथाभावीरुपमा वनमा कर लगाएको आपत्ति जनाउदै वन ऐन खारेज गरिनुपर्ने बताएकी हुन ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा वन बिभाग प्रमुख समेत रहेकी पाठकले भनिन् ‘मुलुकमा सामुदायीक वनबाट १५ करोड क्युफिट वनपैदावार उत्पादन क्षमता रहेको छ तर राज्यले कटान गर्न दिदैन ।’
सामुदायिक वनलाई बागमती प्रदेशले काठ विक्रि वितरणमा २० प्रतिशत, स्थानीय तहले १० र संघले समेत कर लगाएकोले सामुदायिक वन उपभोक्ताले आन्दोलन गर्दै आएका छन् ।
प्रदेश र संघीय सरकारले लगाएको करको मारमा वन उपभोक्ताहरु परेकोले सामुदायिक वनमा लगाइएको कर खारेज हुनु पर्छ’ उनले भनिन् ‘ वनमा कर लगाउँदा सामुदायिक वनले काम गर्ने वातावरण नै छैन ।’
पाठकले बाढी पहिरोले ढालेको वन पैदावर मुचुल्का गरेर व्यवस्थापन गरे हुनेमा वन विभागको निर्देशकको स्वीकृति विना उठाउन नपाउने कानुन भएकाले थप समस्या परेको बताईन ।
यसैगरी वर्षायामको समयमा हुने आकस्मिक घटनाहरुको लागि स्टोरको व्यवस्थापन नरहेकोले प्रदेश सरकारले ध्यान दिनु पर्ने उनको भनाई रहेको छ ।
बागमती प्रदेशसभा लामो समयदेखि नबसेको तर्फ औल्याउदै पाठकले अहिले प्राकृतिक घटनाहरु भईरहेकोले जल्दाबल्दा समस्याको संसदमा गर्नको लागि समेत पार्टीको तर्फबाट तुरुन्त संसद बोलाउन आग्रह समेत गरिन ।
अहिलेका युवाहरुले बेैदेशिक रोेजगारी बाहेकहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्था रहेकोले युवाहरुलाई माटोसंग साक्षात्कार गराउन आबश्यक रहेको ’ पाठकले बताईन ।