मकवानपुर । मकवानपुरको भीमफेदीमा पहिरोले २ वटा घरमा क्षति पुर्याएको छ । भीमफेदी -२ भैँसेमा पहिरोले २ घरमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो हेटौंडा पालुङको त्रिभुवन राजपथ अन्तर्गत भैँसे नजिकै २ वटा घरमा पहिरोले पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको २ वटा कच्ची घरमा क्षति पुर्याएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्की बताए ।
पहिरोले मानवीय र पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।
पहिरोको कारण हेटौंडा भैंसे पालुङ नौबिसे काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।