मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्क्षि मन्त्रि डा राजेन्द्रमान श्रेष्ठले कृषकहरुका लागि सम्मानित रुपमा बाँच्न पाउने परिस्थितिको सिर्जना गर्न कृषक परिचय पत्र वितरण गर्ने योजना अघि बढाइएको बताएका छन् ।
प्रदेश सरकारले कृषकहरूलाई डोर्याउदै कार्यस्थलमा अघि बढाउदै लगिरहेको मन्त्री श्रेष्ठले बताएका छन् । कृषि पेशा जीवनको र संस्कारको मूल आधार भएको भन्दै मन्त्री श्रेष्ठले खाद्य सम्प्रभुता सम्बन्धमा २०७५ सालमा नै कानुन निर्माण गरिसकेको, कृषि क्षेत्रमा महिलाहरुको सहभागिता हुने गरेको अवस्थामा पनि महिला र पुरुष समान भनिए पनि व्यवहारगत दलित सरह महिलाहरुलाई पनि पछाडी पारिएकोले समान अधिकारका लागि अगाडि बढ्नु पर्ने उनले बताए ।
मुलत उत्पादन र विकासका आधारभुत कुराहरुमा खाद्यान्न रहेकोले संधैभरि सबैले खान पुग्ने गरि उत्पादन गर्न तर्फ जोड दिन सरकार तत्पर रहेको बताए ।
कार्यक्रममा वागमति प्रदेश कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाले खाद्य अधिकार र खाध सम्प्रभुत्तामा बागमती प्रदेशको प्रयासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै देशमा ४८ प्रतिशत जनसंख्या मात्र खाधमा पुर्ण सुरक्षित रहेको बताएका छन ।
वागमति प्रदेशमा कृषि उपजमा आत्मनिर्भर र जीवन स्तर उकास्नका लागि प्रदेश सरकारले चालू आवका लागि १४ करोड वजेट विनियोजन गरेको उनले बताए । कार्यक्रममा राष्ट्रिय कृषक समह महासंघ नेपालका कार्यक्रम संयोजक केदार कोइरालाले किसान परिवेशमा प्रस्तुतिकरण गर्दै कृषि र खाध सुरक्षा विग्रदो अवस्थामा रहेको बताए ।
नेपालको कृषकले भुगोल र पहिचानमा आधारित कृषि खोजेकोले किसानको वर्गिकरण सहि ढंगले हुनुपर्ने उनले बताए । साना किसानहरुले कम र विषादि रहित उत्पादन गर्ने र व्यवसायिक कृषकहरुले लाभ प्राप्तिको लागि साना किसानको तुलनामा कम स्वस्थकर उत्पादन गर्ने गरिएको तर उत्पादनको मूल्य भने एकै किसिमको प्राप्तिले साना किसानहरु कृषि तर्फ विमुख हुँदै गईरहेको पाईएको उनले बताए ।
त्यस्तै कार्यक्रममा जैविक विविधता अनुसन्धान तथा विकासका लागगि स्थानिय पहलकि वरिष्ठ कार्यक्रम अधिकृत रिता गुरुङले कृषिमा महिला मैत्रि नितिकमे आवस्यक रहेको, स्थानिय बीउ प्रणालिमा अध्ययन अनुसन्धान जरुरि।रहेको भन्दै कार्यपत्र प्रस्तुत गरेकी थिइन । यसैगरी शिवशक्ति कृषि सहकारी संस्थाका सचिव प्रल्हाद पुडासैनीले किसानलाई कुनै अफिसमा जादा अपहेलना सहनु परेको गुनासो गरे ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा महासंघका अध्यक्ष नवराज बस्नेतको सभाध्यक्षतामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य संप्रभुताको सम्बन्धमा कार्यक्रम भएकाे थियाे ।