मकवानपुर । पहिरोले पुरीएका मध्ये अर्को एउटा शव फेला परेको छ । मंगलबार बिहान पहिरोमा परेर बेपत्ता भएका मध्ये एक महिलाको शब फेला परेको छ ।
सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका १ कोकरे स्थित बागमती नदिको बिच बगरमा मकवानपुर बागमती गाउँपालिका ५ सिक्रे दोभान बस्ने अन्दाजी ६० वर्षिय अक्कल बहादुर स्याङ्तानको छोरी अन्दाजी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेकी छिन् ।
ससस्त्र प्रहरी बल नेपाल १४ नं गढ हेडक्वाटर मकवानपुरबाट सहायक प्रहरी नायब उपरीक्षकको कमाण्डमा सिन्धुली तर्फ खटिगएकोको उद्धार टोलीले दुबै जनाको लास फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले यस अघि अल्लक बहादुरको पनि शव भेटिएको भनेर गरेको रिपोटिङ सच्याएको छ । “उहाँको खोजि जारी, कपडा भेटिएको हो शव हैन” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले भने । पहिरोमा परेर बेपत्ता भएका अझै ४ जनाको खोजि कार्य जारी रहेको कार्कीले बताए ।