मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ मा बागमती नदी बस्तीमा पस्दा ६ घर डुबानमा परेका छन् ।
सोमबार रातिबाट परेको अविरल बर्षाका कारण बागमती नदीमा आएको बाढि पाँच पाण्डप बस्तीमा पस्दा ६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताए ।
प्रहरी चौकी झुरझुरेका प्रहरी सहायक निरीक्षक राधा कृष्ण कार्की सहितकाे टोली र स्थानीयकाे सहयाेगमा अहिले डुबानमा परेका घरका मानिस र मालसमान सुरक्षित स्थानमा सार्न थालिएको बताइएकाे छ ।
बागमती नदीले हेटाैडा धरान सडकखण्ड अन्तर्गत पाच पाण्डवमा कटान गर्दा एक तर्फी मात्र सुचारु रहेको मकवानपर कार्कीले बताए । उक्त सडकखण्डमा भारी सवारी साधनकाे आवागमनमा जोखीम युक्त रहेको प्रहरीले जनाएकाे छ ।
अबिरल बर्षका कारण मकवानपुरको बागमती–५ सिक्रे दोभानमा मंगलबार विहान पहिरो जाँदा अक्कल बहादुर स्याङ्तानकाे घर बगाएकाे छ । स्याङ्तानकाे घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने अक्कल बहादुरसँगै ६ जना बेपत्ता भएका छन् । वेपत्ता भएकाहरुकाे खोजी कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।