मकवानपुर । २ दिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौ जाने २ वटा सडक अवरुद्ध भएको छ ।
प्रहरी चौकी भैंसे,मकवानपुरका अनुसार गएराती ८ बजे पहिरो जाँदा मकवानपुर भिमफेदी गाउँपालिका २ ज्यालटार स्थित हेटौडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौ सडकखण्ड अवरुद्ध भएको छ ।
यसैगरी मकवानपुर बकैया गाउँपालिका वडा ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पनि गएरातीको पहिरोले बाटो अवरुद्ध भएको छ ।
दुबै स्थानको जोखिमपूर्ण पहिरो भएकोले सडक विभाग संगको समन्वयमा आज बिहानबाट मात्रै बाटोको अवरोध हटाउन प्रयास थालिने मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।