मकवानपुर । हेटौडामा रक फर भिजिविलिटी सांगितिक कार्यक्रम हुने भएकाे छ । हेटौडामा रहेकाे अनभिज्ञ आर्ट काेल्याव्रेसनले दृष्टी विहिनहरुको सहयोगार्थ रक सांगीतिक कार्यक्रम गर्ने भएकाे हाे । ‘रक फर भिजिविलिटी’ नारा सहित अनभिज्ञ हेटौंडाको आयोजनामा लाइभ सांगीतिक कार्यक्रम आयोजना हुने भएकाे हो ।
आगामी साउन २७ गते शनिबार माेटल एभाेकाडाेमा हुने कार्यक्रमको अनभिज्ञले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सांगीतिक कार्यक्रममा संकलित रकम ‘आर्ट एकेडेमी’ निर्माणकाे लागि सहयाेग गरिने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार कन्सर्टमा अभय सुव्वाको सांगीतिक टोली अभय एण्ड दी स्टिम इञ्जिन, ब्लाइण्ड रक्स र दी फ्रिडम ग्रुप्सकाे प्रस्तुति रहनेछ । सांगीतिक कार्यक्रममा १० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेकाे छ ।
यसवर्ष नै अनविज्ञले देशको विभिन्न ५ शहरमा ‘आर्ट एकेडेमी’ स्थापनाका लागि सांगीतिक कार्यक्रम गर्ने तय भएको बताइएकाे छ । आर्ट एकेडेमी दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुका लागि प्रयोगमा आउने जनाइएको छ ।
कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रमका लागि ब्लाइण्ड रक्स नामक गैरसरकारी संस्थाको समेत सहयोग रहेको आयाेजकले जनाएकाे छ ।
