मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासबाट १ वर्षमा १ हजार ३ सय मुद्दा फैसला भएकाे छ । याे बिचमा जम्मा ७ थान मुद्दामात्रै मेलमिलापबाट अन्तिम टुङ्गाेमा पुगेकाे छ । गत आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका र जिम्मेवारी सरेर आएका समेत गरेर १ हजार ३ सय १२ वटा मुद्दा फैसला गरेको अदालतले जनाएकाे छ ।
मेलिमिलापबाट फैसला हुन सक्ने ६७ थान मुद्दा अदालतले फिर्ता गरेकाे भए पनि ७ वटा मात्रै किनारा लागेका छन् । २ वटा प्रक्रियामा रहेकाे र अरु ५८ वटा फेरी अदातमै आएकाे न्यायधिश राजेश्वर तिवारीले बताए ।
आर्थिक वर्ष ०७८।०७९ बाट जिम्मेवारी सारिएका ५ सय ४५ र गत आर्थिक वर्ष ०७९।०८० मा दर्ता भएका समेत १ हजार ७ सय ४१ वटा मुद्दा मध्य १ हजार ३ सय १२ वटा मुद्दा फैसला भएकाे तिवारीले बताए । जम्मा मुद्दामध्य फैसला भएका मुद्दाकाे प्रतिशत ७५ रहेकाे छ ।
तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि गत आवबाट जिम्मेवारी सरेर आएका मुद्दाकाे संख्या ४ सय २९ वटा रहेकाे छ । अदालतमा १८ महिना नाघेको तर २ वर्ष नपुगेको मुद्दा एउटा मात्रै रहेकाे बताइएकाे छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा मध्ये ३१ वटा मात्र फैसला हुन बाँकी छ ।’
यस्ताे छ मुद्दा फर्स्याैटकाे अवस्था

