मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा सवारी जाँचकाे क्रममा १ हजार ५ सय एम्पुल लागुऔषध सहित १ जना तथा ९ किलाे गाँजा सहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले १ हजार ५ सय एम्पुल विभिन्न लागुऔषधसहित पर्सा धाेविनी गाउँपालिकाका २२ वर्षीय साकिर खानलाई नियन्णमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ हाे । विहीबार राती ११ बजेर ३० मिनेटको समयमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ ख २३९८ नम्बरको यात्रु बाहक बसलाई जाँच गर्दा बसको डिक्कीमा चामलकाे बाेरामुनी लुकाई ल्याएकाे लागुऔषध प्रहरीले फेला पारेकाे हाे ।
उक्त बसका सहचालक साकिरले डाईजेपाम ५ सय एम्पुल, नुफिन ५ सय एम्पुल र फेनार्गन ४ सय ९८ एम्पुल चामलकाे बाेलामुनी लुकाइ ल्याएकाे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले लागु औषध गाँजासहित ४ जनलाई नियन्त्रणमा लिएकाे छ । साउन १७ गते प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानासहितकाे प्रहरीले टोलीले हेटौडा १५ रातोमाटे सडकखण्डमा नारायणघाटबाट बीरगंजतर्फ जादै गरेको ना ८ ख ७३४६ नम्बरको बस जाँच गर्दा लागु औषध गाँजा ९ किलाे १ सय ५० ग्राम फेला पारेकाे थियाे ।
बसका यात्रु पर्सा पटेर्वा सुगौली गांउपालिका १ का ३१ वर्षीय धनराज गिरी, भारत सितामडी मसल ६ का १९ वर्षीय दिपक यादव, धनुषा महेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय रवि कुमार महरा र मकवानपुर राक्सीराङ ३ का ४५ वर्षीय बुदेलाल डिम्डुङले बाेकेकाे झोलाबाट उक्त परिमाणकाे गाँजा फेला परेकाे हाे ।
१ हजार ४ सय ९८ एम्पुल लागुऔषधसहित बसका सहचालक खान तथा ९ किलाे १ सय ५० ग्राम गाँजा सहित गिरी यादव महरा र डिम्डुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।