मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध मुद्दाका फरार १ जना प्रतिवादीलाई १२ वर्ष पछि पक्राउ गरेकाे छ । २०६८ पुष १५ गते लागुऔषध डाइजेपाम सहित नियन्त्रमा लिइएका सुवाश ढकाल र संताेष चापागाई शर्मा प्रहरीकाे हिरासतमा रहेका बेला २०६८ माघ ५ गते भागेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खोजतलाश गरिरहेकाेमा फरार मध्ये शर्मालाई साउन १८ गते विहीबार चितवन जिल्ला भरतपुर महानगरपालिका १० बाट पक्राउ गरि अनुसन्धान भइरहेकाे मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
२०६८ साल पुष १५ गते दिउँसाे १ बजे हेटौडा १५ रातोमाटे चेकपोष्टस्थित राजमार्गमा सवारी साधन जाँच गर्दा बिरगंजबाट चितवन तर्फ जादै गरेको बसमा सवार हेटौडा ११ का ढकाल र शर्मालाई लागुऔषध डाईजेपाम १ सय ८० एम्पुल सहित नियन्त्रणमा लिइएकाे थियाे । जिल्ला अदालत मकवानपुरबाट दिन २५ को म्याद लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भई रहेकाेमा २०६८ माघ ५ गते राती हिरासत कक्षबाटै भागी रहेका ढकाल र शर्मा मध्ये शर्मालाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।