मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
बकैया–७ अधेरीकी १२ वर्षीया करिष्मा लोकाे सर्पकाे टाेकाइकाे कारण ज्यान गएकाे प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट गम्भीर बिरामी भएकी उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।