मकवानपुर ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब भीष्मकुमार भूसालले अपाङ्गता भएकाहरूको संघर्षमा आफ्नो सधै साथ रहने बताएका छन् ।
अपाङ्गता भएकाहरूको पहिचानलाई स्वीकार गरेर पहुँच विस्तारमा ध्यान दिनु पर्ने भूसालले बताएका हुन ।
अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाको सदस्यका लागि स्वास्थ पुनस्थापन समबन्धी क्षमता अभिवृद्धि कार्यक्रममा भूसालले यस्तो बताइएका हुन् ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वरमान श्रेष्ठले अपाङ्ग भएकाहरूको नियमित स्वास्थ उपचारका सवालमा निर्देशनालयले सेवा प्रदान गर्दै आएको बताए ।
दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटनको क्रममा मानवअधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ अधिकारीले व्यक्तिको सम्मानपुर्वक बाँच्न पाउने अधिकारको उपभोगमा सबैले ध्यान दिनुपर्ने बताए । मानवलाई कुनै जात, वर्ग भाषा धर्म शारिरीक अवस्थाको आधारमा विभेद गर्न र लान्छना लगाउन नपाइने अधिकारीले बताए । चालू आर्थिक बर्षको लागि सरकारले नीति कार्यक्रममा मानवधिकारको विषय समेटीएको पाइएको उनले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो । अपाङ्गताको सवालमा बहस र पैरवी जारी राखिएको तर,अझै ग्रामिण भेगमा यसबारे समस्या रहेको लम्सालले बताए ।
अपाङ्गता सहायता सामग्री स्वस्थ्यको अत्यावश्यक औषधिको रूपमा राखेर प्रदान गरिनु पर्ने लम्सालले बताए ।
अपाङ्गता सरकारको प्राथामिकतामा नपरेकोमा गुनासो गर्दै उनले भने ” यो क्षेत्रको बजेट घटाउदै लागिएको छ, किन यस्तो भयो त ?”
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सतिश बिष्ट, अपाङ्गता भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा अश्विन लम्साल, सन्दीप बिक, सीता मल्ल, सुप्रभा अर्याल, पर्वतराज बिष्टलगायतले सहजीकरण गर्नेछन् ।