मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले सूचना जारी गरी जनाएकाे छ । निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको हो ।
स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १ सय ७०, दोस्रो वर्गमा १ सय ७२ र तेस्रो वर्गमा १ सय ७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १ सय ५०, दोस्रोमा १ सय ५२ र तेस्रो वर्गमा १ सय ५३ रुपैयाँ कायम भएको छ ।
मूल्य घटेपछि एलपी ग्यास प्रतिसिलिण्डिर १ हजार ६ सय ६० मा पाइने भएको छ ।
