मकवानपुर । मकवानपुर प्रहरीले ५ सय २४ एम्पुल लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले हेटौडा १० बसपार्कबाट उक्त परिमाणकाे लागुऔषध सहित विरगंज १६, पर्साका १९ वर्षीय महमद ईमरान मन्सुर तथा विरगंज १ का १९ वर्यीय सुनिल साहलाई नियन्त्रण लिएका हाे ।
साउन १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले हेटौडा १० बसपार्कमा ना ६ ख ८९३७ नम्बरकाे बसलाई जाँच गर्दा मन्सुरले बोकेको झोलाबाट लागु औषध डाईजेपाम १ सय ९९ एम्पुल, फेनर्गन १ सय ९५ एम्पुल, बुप्रिनुर्फिन १ सय ९० एमपुल गरी जम्मा ५ सय २४ एम्पुल फेला परेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
उक्त लागुऔषध सहित मन्सुर र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।