मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीका नौ बुँदे मागसहित मकवानपुर जिल्लामा क्रियाशील राजनीतिक दलको कार्यालय पुगेर संघले शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी र राप्रपा नेपालको पार्टी कार्यालयमा निर्माण व्यवसायीका सबै निर्माण कार्यहरुको भुक्तानीको मागसहित ज्ञापनपत्र बुझाइएको संघ कार्यबाहक अध्यक्ष सागर कटुवालले जानकारी दिए ।
राजनीतिक दलका नेताले ज्ञापनपत्र बुझ्दै निर्माण व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । संघ मकवानपुरले रोकिएको भुक्तानी तत्काल पाउनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था रोक्नुपर्नेलगायतका ९ बुदे माग राख्दै आएको छ ।
यस अघि संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा निर्माणसँग सम्बन्ध कार्यालयमा ज्ञापनपत्र बुझाएकाे थियाे । कार्यबाहक अध्यक्ष कटुवालसहित संघ द्वितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहासचिव दिनेश पनेरु, कोषाध्यक्ष अनल श्रेष्ठलगायतका निर्माण व्यवसायी राजनीतिक दललाई ज्ञापन बुझाउने कार्यक्रममा सहभागी थिए ।