१.
न घर छ उसको, न बार उसको
छ जताततै हाहाकार उसको
समयको हत्कडी सजिलो छैन तोड्न
जिन्दगीनै कठ्घरामा गिरफ्तार उसको ।
२.
बाँचुन्जेल हारजीतको जुवा बनेर
गहभरी आँशु जम्यो कुवा बनेर
यस्तै रै’छ जिन्दगी मरिलानु के छर,
नभ तिर फैलियो जीवन धुवाँ बनेर ।
३.
छहारी त मै बनौंला मनमा शान्ति छाओस् सधैं
सुनौलो त्यो रश्मीसँगै तनमा कान्ति आओस् सधैं
जहाँ जता गए पनि कोषौ टाढा भए पनि,
प्रेमको प्रतीक ढुकुरले प्रेमिल गीत नै गाओस् सधैं ।
लक्ष्मीपुर,इलाम