मकवानपुर । रोकिएको रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
महासंघ बागमती प्रदेशले मुख्यमन्त्री कार्यालयमार्फत र संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हुन् । निर्माण व्यवसायीहरु बुझाएकाे ज्ञापनपत्रमा काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल पाउनुपर्ने माग गरिएकाे छ ।
निर्माण व्यवसायीहरुले ज्ञापनपत्र बुझाउँदै सरकारले निर्माण व्यवसायीलाई समयमा कामको भुक्तानी नगर्दा निर्माण उद्योग समस्यामा परेको बताएका छन् ।सरकारले अमूर्त रुपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य रहेको भन्दै उनीहरुले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न पनि माग गरेका छन् । यस्तै पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई संवोधन गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने समेत व्यवसायीकाे माग रहेकाे छ ।