बिना बुढाथोकी
१.
घरनघाटकाे जिन्दगी मेराे बनाएर गयाै
मायाकाे परिणाम कस्तो जनाएर गयाै
अब मायाकाे बिकल्प अरू राेज्ने छैन,
म रूदा तिमीले खुसियाली मनाएर गयाै ।
२.
चढेर शिखर अरूलाई चढाउन सक्नुपर्छ
पढेर सहजै अरूलाई पढाउन सक्नुपर्छ
आज घाम पानी सहेर भाेलीकाे भविष्य साेच्दै,
हाँस्दै जिन्दगानी अगाडि बढाउन सक्नुपर्छ ।
३.
सुधार्ने गर केही तिम्रो बानी, हेर्न मन छ अझै
बनाई सुन्दर आँखाकाे नानी, हेर्न मन छ अझै
छैन त्यति मन दुखाउने खालकाे काम त कुनै,
तर राम्रो भएको जिन्दगानी, हेर्न मन छ अझै।
४.
अनगिन्ती मायाका रङ्गहरू फिजाएर गयाै
नभिजेका आँसुका परेली भिजाएर गयाै
रहिछाै साच्चै मायामा नाटक गरेकाे तिमीले,
निकाल्न गार्हो मुटुमा काँडा बिजाएर गयाै ।
सिद्ध कुमाख-१ उपल्लो बाँझकाँडा, सल्यान