मकवानपुर । संघर्षमय यात्रामा आजबाट हामी बाह्रौ वर्षमा प्रवेश गरेका छौं । संघीयताको अभ्यासमा रहेको नेपालले पहिलो ६ वर्षको यात्रा पुरा गर्दैगर्दा आर्थिक अवस्था अनपेक्षित रुपमा ओरालो झरीरहेको छ । आमसर्वसाधारणको दैनिकी आर्थिक रुपमा कष्टकर बन्दै आएको छ । नेपालको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने बारे बहस र ठोस कदम जरुरी छ ।
राजनीतिक विषम परिस्थिती हुँदाको पल हामीले सहीखबर साप्ताहिकको प्रकाशन सुरु गरेका थियौ । आर्थिक तथा सामाजिक विकासलाई राजनीतिले नेतृत्व गर्न नसेकेकोले राजनीतिक स्थिरताको लागि हामीले दबाब दिंदै आयौ । संगसंगै महिलालगायत सिमान्तकृत समुदायको अग्रसरताको लागि हामीले आफ्नो मार्गदर्शन प्रदान गर्दै आयौ । यसधर्तीमा सबैले समान रुपमा बाँच्न र आफ्नो अस्तित्वलाई मर्यादीत र जिवन्त राख्न पाउनु पर्छ भन्ने फराकिलो सोच हाम्रो मुख्य एजेण्डाको रुपमा रह्यो र रहनेछ ।
११ वर्षको यात्रा पुरा गर्दै गर्दा हामीले धेरै तिता र धेरै मिठा अनुभुतिहरु संगालेका छौ, र ति अनुभुतीहरुलाई सम्हालेर राखेका छौ । स्थानीय, प्रदेश तथा संघीय सरकारको उपस्थिति उनीहरुको जिम्मेवारी र कर्तव्यलाई पनि हामीले नजिकैबाट नियाल्दै आएका छौ । राजनीतिक विषम परिस्थितिमा जन्मेको सहीखबर साप्ताहिक यहाँहरुको माया ममतामा पुलोकित हुँदै आजको यात्रासम्म आएको हो । चाहाना र रहरलाई भन्दा आवश्यकताको पाटोमा सरकारले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने हाम्रो एजेण्डा हो । आमनागरिकको सूचनाको हकलाई व्यवहारीक बनाउने प्रयत्नलाई जारी छ । जस्तोसुकै विषय परिस्थितीमा पनि सहीखबर साप्ताहिकले आफूलाई ज्युँदो राख्न सफल भएको छ, र जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आएको छ । कोभिड जस्तो महामारीमा पनि हामीले कुनै पनि अंक बन्द गरेनौ, निरन्तर पत्रिका प्रकाशन तथा अनलाइन सञ्चालन जारी राख्यौ । यो पत्रिकालाई आजको अवस्थासम्म आईपुग्न धेरै प्रियजनहरुको हात छ, अथाह योगदान छ । जनु सदा स्मरणीय छ, रहनेछ ।
प्रकाशन सुरु गरेदेखि नै राजनीतिक विषय वस्तुलाई भन्दा सामाजिक विषय वस्तुलाई प्राथमिकतामा राख्दै आएका छौं । यो नै सहीखबरको आफ्नो पहिचान हो । समतामुलक समाज निर्माण, महिला सशक्तिकरण, महिला अधिकार, सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, समाजको सकारात्मक रुपान्तरणमा जस्ता क्षेत्रमा आम सञ्चारको तर्फबाट झकझक्याउने हाम्रो अभियान जारी छ ।
प्रविधिको युगलाई अनुसरण गर्दै पछिल्लो ३ वर्षबाट हामीले साप्ताहिकको अनलाइन संस्करण पनि सुरु गरेका छौं । साप्ताहिक रुपमा मात्रै नभई हरपल यहाँहरुलाई अनलाई मार्फत पनि सूचना, जानकारी धधध।कबजभभपजबदबच।अयm मा पस्कदै आएका छौ । यो सुखद अवसरमा हामी हाम्रा आदरणीय सहयोगी मनहरु, हाम्रा स्तम्भकारहरु, विज्ञापन दाताहरु, पाठक वर्गहरु, हामीसँग प्रत्यक्ष/परोक्ष रुपमा जोडिनु भएका असाध्यै प्रिय शुभचिन्तकहरु, हाम्रो यात्राको होस्टेमा हैसें गरी सहयोग गर्नुहुने अग्रज तथा समकक्षि सञ्चारकर्मीहरु सबैप्रति हार्दिक आभार । आगामी यात्रामा पनि यहाँहरुको यस्तै अमिट सहयोगको अपेक्षा राख्दछौ । धर्तीका सबैको अस्तित्वलाई बचाउँन फराकिलो सोचको विकास गर्न हाम्रो खबरदारी जारी छ ।