मकवानपुर । मकवानपुरको हेटौंडास्थित राप्ती खाेलामा डुबेर युवकको मृत्यु भएकाे छ । हेटौडा १० स्थित राप्ती खोलामा डुबेर मंगलबार दिउँसो युवकको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो १ः४० बजेको समयमा स्थानीय ३,४ जना केटाहरु पौडी खेल्ने राप्ती खोलामा गएको अवस्थामा राप्ती पुल नजिकै खाेलामा पौडी खेल्ने क्रममा डुबेकाे अवस्थामा युवक देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार राप्तीखाेलामा प्रहरी टाेली पुग्दा अन्दाजी २५ वर्षीय युवक खोलामा डुबिरहेकाे थियाे । उनलाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेकाे उनले बताए ।
मृतककाे नाम, थर वतन नखुलेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।