मकवानपुर । मकवानपुरको हेटौंडामा असार २५ गतेबाट हराएकी एक महिला मृत फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बुद्धचोक बस्ने ४३ वर्षीया कृष्णमाया घलान मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घलाल असार २५ गतेदेखि हराएको भनि परिवारले असार २६ गते प्रहरीलाई खबर गरेका थिए । मंगलबार बिहान ११ बजे हेटौंडा–१३, गोठदमार सल्लाघारीस्थित जंगलमा घलान मृत अवस्थामा फेला परेको कार्कीले जानकारी दिए ।
घलानको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।