मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट १ र बारामा मोटरसाइकल दुर्घटनामा परी १ गरि सोमबार २ जनाको मृत्यु भएको छ ।
सोमबार साझ ५:५० बजे हेटौंडा १० स्थित जिल्ला प्रहरी कार्यालयको मोडमा ट्रकले ठक्कर दिएर घाइते भएका पैदल यात्री लाल बहादुर घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।
यसै गरि बारा जितपुरसिमरा उपमहानगरपालिका २३ चुरियामन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका शंकर तामाङको उपचारको क्रममा मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शिवम सिमेन्टबाट थानाभर्याङ तर्फ जाँदै गरेको ना.६ ख ८८९० नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका हेटौडा १० का ६३ वर्षीय घिसिङलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।
उपचारको क्रममा घिसिङको मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । घिसिङलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार अपरान्ह ४:१० बजेको समयमा बारा जितपुरसिमरा २३ स्थित चुरियामाई नजिकै पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट विरगंज तर्फ जादै गरेको प्र.२-०३-०१२प ८८५० नम्बरको मोटरसाइकल सडकबाट ३० फिट तल खस्दा हेटौडा १५ का बर्ष ३५ वर्षीय तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता कार्कीका अनुसार दुर्घटना स्थलमा मकवानपुर र बारा सिमराबाट प्रहरी टोली परिचालन गरि घटनाको मुचुल्का गरिएको तथा थप अनुसन्धान भइरहेको छ ।