मकवानपुर । एसईई र बिबिएमा उच्च अंक ल्याउने ३ जना बिद्यार्थीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेकाे छ । एसईई र बिबिएमा उच्च अंक सहित ल्याउने र नेपाल टप हुने बिद्यार्थीलाई उपमहानगरपालिकाले नगद तथा प्रशंसा पत्रसहित सोमबार सम्मान गरेको हो ।
२०७९ सालको एसईई परिक्षामा हेटौंडा–७ को तासिर इ·लिस बोर्डिङ स्कुबाट सहभागी डाफिन राई, मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिएम सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा–६ का प्रकाश गौतमलाई हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान गरेका हुन् ।
डाफिनले ४ जीपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागि सृष्टी र बिबिएसमा सहभागी प्रकाशले सामुदायीक क्याम्पस तर्फ नेपाल टप गरेका थिए । सम्मान कार्यक्रममा नगर प्रमुख लामाले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउँदै उपमहानगरले आर्थिक अभाबका कारण कसैले पनि पढाईबाट बञ्चित नहुने वातावरण बनाउने बताइन् ।
कार्यक्रममा उप प्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका बिद्यार्थीकाे अध्यापनमा सहयाेग गर्ने बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।