मकवानपुर । मकवानपुरको बागमती खोलाले बगाउदा १ जनाको मृत्यु भएको छ ।
बागमती खोला तर्ने क्रममा बगाउँदा बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने ४६ बर्षीय लघुदोर्जे दोङको मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बागमती नदी तर्ने क्रममा अचानक खोलाले बगाउँदा दोङको मृत्यु भएको हो।
घटनास्थल मुचुल्का तथा अनुसन्धान सहित पोष्टमार्टमको लागि शव हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।