मकवानपुर । मकवानपुरकाे थाहामा रही नेपाली साहित्यमा याेगदान पुर्याउदै आएका साहित्यकार बिर्खे अन्जान सम्मानित भएका छन् । २ सय १० औं भानु जयन्तीको अवसरमा पालुङ जेसिजले साहित्यकार बिर्खे अन्जानलाई सम्मान गरेको हाे।
लक्ष्मण बर्तौला बास्तविक भइ साहित्यमा बिर्खे अन्जानबाट चिनिदै आएका उनलाई थाहा नगरपालिकालाई साहित्यको माध्यमबाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै गरेकाे पालुङ्ग जनाएकाे छ ।
साहित्यकार अन्जानले मकवानपुरको उत्तरी क्षेत्रमा रहेर नेपाली भाषा र साहित्यमा विगत लामाे समयदेखी सक्रिय रहि मुक्तक , कविता र समालाेचना लेखनमा योगदान पुर्याएकाेले भानु जयन्तीकाे अवसरमा सम्मान गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
साहित्यकार बिर्खे अन्जानलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले भादगाउँले टोपी,दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । थाहाका साहित्यकार बिर्खे अन्जान युवा बर्ष मोती पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिस्ट युवा प्रतीभा पुरस्कार २०८० बाट सम्मानित भइसकेका छन् ।
पालुङ जेसीज बर्ष २०२३ शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा जेसीज कार्यक्रम संयोजक अजय कार्की, उपाध्यक्ष दिपा बल, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की ,संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पुर्व अध्यक्ष मनोज रायमाझी, मोटिभेसन स्पिकर जय बहादुर मल्ल, शुभारम्भ कृषक समुह अध्यक्ष बिक्रम बिष्ट लगायतका उपस्थित रहेको थियो ।