मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाको १० औ गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । अध्यक्ष घलानले गाउँ सभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको छ ।
पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख, संघीय सशर्त अनुदान २० करोड ८० लाख, समपुरक ८० लाख ,सशर्त अनुदान पुजिगत २ करोड २६ लाख प्राप्त भएको थियो । यसैगरि प्रदेश सरकारको सामनिकरण अनुदान १० करोड ३० लाख ९ हजार , सशर्त अनुदान चालू ३ करोड ८८ लाख ५४ हजार, सशर्त अनुदान पुजिगत ४५ लाख, विशेष अनुदान ५० लाख समपुरक अनुदान १ करोड प्राप्त भएको छ ।
यस्तै संघीय राजस्व बाँडफाँड ११ करोड ४६ लाख ४७ हजार, मालपोत कार्यलय (घर जग्गा रजिट्रेशन दस्तुर ) ५० लाख, राजस्व बाडफाड प्रदेश तर्फको २ करोड ८८ लाख ४५ हजार , बन रोयल्टी ५० लाख, दहत्तर बहत्तरको बिक्रीबाट हुने आय ५ करोड ७० लाख र गाउँपालिकाको आन्तरिक आम्दानी ४ करोड ७५ समेत गरि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो ।
बाग्मती गाउँपालिकाले प्राप्त अनुदान बजेट ३९ करोड ५५ लाख ५६ हजारबाट आर्थिक विकास तर्फ ११.०१% ,सामाजिक विकास तर्फ २४.२७%,पुर्वधार विकास तर्फ २८.१५%,सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा ३.५०%, र कार्य सन्चालन तथा प्रशासनिक क्षेत्र ३३.०६% खर्च गर्ने अनुमान छ।
पालिकाले प्रत्येक वडालाई प्रवर्द्धन गर्न प्रत्येक वडामा एक चिस्यान केन्द्र स्थापन गर्ने लक्ष्य लिएको छ। कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था बजेटमा मिलाइएको अध्यक्ष घलानले जानकारी दिए ।
बागमती गाउँपालिकाको समृद्धिको आधार कृषि र पुर्वधार भन्ने मुल नारा सहित बागमती गाउँ पालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट निर्माण गरेको उनले बताए ।